केही ठाउँमा आजै मतगणनाको तयारी, पर्सि बिहानसम्म सबै ठाउँका परिणाम आइसक्ने

मंसिर १६, २०८१

काठमाण्डौ – पालिका उपचुनावको मतगणना आजै रातिदेखि शुरू हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् उपसचिव दुर्गाप्रसाद चालिसेले मतदान सम्पन्न भएसँगै सर्वदलीय छलफल गरे आजै बेलुकादेखि वडाहरूको मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिए।

पालिकास्तरको मतगणनाका लागि सबै मतदान केन्द्रबाट मतपत्र सङ्कलन गर्न केही समय लाग्ने भएकाले त्यहाँ भोलि बिहानदेखि मतगणना शुरू हुने आयोगका सहायक प्रवक्ता चालिसेले बताए ।

दोलखा, बाजुरा, हुम्लाजस्ता दुर्गम ठाउँहरूमा रातिसम्म मतपेटिका सङ्कलन हुने भएकाले त्यहाँ तत्काल मतगणना शुरू गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि आजैदेखि शुरू भएका वडाहरूको मतगणनाको प्रारम्भिक नतिजा भोलि बिहानसम्म आउन सक्ने र भोलि बेलुकासम्म धेरैजसो ठाउँको मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरेको सहायक प्रवक्ता चालिसेले बताए ।

बढी मतदाता भएका पालिका जस्तै– काठमाण्डौको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिकालगायतका ठाउँमा मतपरिणाम पर्सिसम्म मात्रै आउने चालिसेले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

असक्त नागरिकलाई टोलटोलमा पुगेर परिचाय पत्र वितरण

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

जुत्ताको टालाटुलीबाट बुनिएको सुनमादेवीको सुखद संसार

ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

ढुक्क हुनुस्, देश बनाउँछौँ- महामन्त्री शाह

सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

यो पनि पढ्नुहोस