काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका लागि युरोपेली सङ्घ (इयु) का राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–युरोप व्यापार तथा आर्थिक सहकार्य विस्तारबारे छलफल भएको हो । उहाँहरुबीच नेपाली उत्पादनको निर्यात प्रवर्द्धन, युरोपेली बजारमा नेपाली वस्तुको पहुँच विस्तार, लगानी आकर्षण तथा निर्यातका नयाँ सम्भावना पहिचान गर्ने विषयमा गहन छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
उहाँहरुले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई युरोपेली बजारसँग जोड्दै द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0