भ्वाइस अफ नेपालको छैटौं सिजनको प्रसारण ४ माघदेखि

पुस २२, २०८१

काठमाडौं -सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण मिति घोषणा भएको छ । ४ माघ (जनवरी १७) देखि यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ ।

हिमालय टिभीमा शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम आउनेछ । छैटौं सिजनमा पनि ब्लाइन्ड, ब्याटल, नकआउट र लाइभ राउण्ड हुनेछन् । ब्लाइण्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

६१ जनाको ब्लाइन्ड अडिसन लिंदा २५ जनाले चारै कोचको कुर्सी घुमाउन सफल भएको खबर पहिल्यै आइसकेको छ । भ्वाइसको इतिहासमा यो रेकर्ड भएको निर्देशक लक्ष्मण पौडेलले बताइसकेका छन् ।

नयाँ सिजनमा मेलोडी जनराका कलाकार बढी आएका छन् । त्यसपछि रक गाउनेको संख्या धेरै छ । सबैभन्दा न्यून लोकदोहोरी जनराका छन् । लोकदोहोरीलाई समावेशी तुल्याउन यसपटक चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी कोचको रुपमा छन् । सेन्चुरीका साथै यसपटक राजु लामा, उदय सोताङ र मेलिना राई कोचको रुपमा छन् ।

हिमालय टिभीले सन् २०२५ मा प्रतीक्षित टिभी कार्यक्रमहरू ल्याउने जनाएको छ । जसमा शार्क ट्यांक, हिमालय रोडिज र भ्वाइस अफ नेपालको नयाँ संस्करण, भ्वाइस किड्स, कमेडी नाइट्स विथ च्याम्पियन पनि ल्याउने तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

‘देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन’

यो पनि पढ्नुहोस