राजतन्त्र स्थापित गरेर देश बच्छ भन्ने सोच्नु मुर्खता हो: एमाले नेता भट्टराई

चैत २०, २०८१

धादिङ । राजतन्त्र स्थापित गरेर देश बच्छ भन्ने सोच्नु मुर्खता रहेको नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बताएका छन् ।

बिहीवार धादिङको गजुरी र बेनिघाटमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले भने-‘राजा आउ देश बचाउको नारा लगाएर देश बन्छ भन्ने सोच्नु मूर्खता हो । राजतन्त्र फर्काउने नाममा केही अराजक तत्व फेरि सल्बलाउन थालेको छ । ठुला दल र लोकतन्त्रलाई कमजोर पार्न राजतन्त्रले देशमा अराजकता सिर्जना गर्ने काम गरिरहेको छ । यस्ता अराजक प्रवृत्तिको हामीले प्रतिकार गर्नुपर्छ ।’

‘लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता हुनै सक्दैन । बरु लोकतन्त्रको थप विकास र परिमार्जन गर्न आवश्यक छ’, भट्टराईले स्पष्ट पारे ।

No data was found

सिद्धलेक गाउँपालिका–७ मा नेकपा एमालेको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमको सम्बोधन गर्दै नेता भट्टराइले एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई घेराबन्दीमा पार्न खोजिरहेको बताए । हरेक संकटमा देशलाई बचाउने नेकपा एमाले भएकोले एमालेलाई गिराउन खोजिएको बताए ।

‘एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई गिराउन खोजिएको छ । घेराबन्दीमा राखिएको छ । तर एमाले इमान्दार भएर कति पनि विचलित नभई अघि बढी रहेको छ’ उनले भने– अन्य शक्ति एमाले कार्यकर्ता भाड्न लागि परेका छन् । तर नेकपा एमालेले अराजक तत्वहरुको सामना गर्दै देश र जनताले गरेको विश्वास मर्न दिने छैन । देशको हित, विकास र संकट समाधानमा सधै नेकपा एमाले अग्रणी स्थानमा रहिरहनेछ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सर्पदंशको बढ्दो सन्त्रास

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस