३० भदौ काठमाडौं – साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन् । यो वर्षबाट साफ सुजुकी कप नाम दिइएको प्रगियोगिताको ११ औं संकरण डिसेम्बर २३ देखि भारतमा हुनेछ ।
बुधबार सार्वजनिक ड्रमा नेपालसँगै भारत, श्रीलंका र पाकिस्तान समूह एमा परेका छन् । समूह बीमा साविकको विजेता अफगानिस्तानसँगै माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग डिसेम्बर २३ मा खेल्नेछ । दोस्रो खेल २५ तारिखमा पाकिस्तानसँग छ भने समूह चरणको अन्तिम खेल भारतसँग २७ डिसेम्बरमा हुनेछ ।
दुबै समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् भने फाइनल जनवरी ३ मा हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
