भारतले अब रुसबाट तेल नकिन्ने

कार्तिक २६, २०८२

काठमाडौँ । भारतले रूसबाट कच्चा तेल खरिदमा उल्लेखनीय कटौती गरेको छ । ब्लूमबर्गको रिपोर्टअनुसार, भारतका पाँच प्रमुख रिफाइनरहरूले डिसेम्बरको लागि कुनै पनि नयाँ अर्डर गरेका छैनन् । यो निर्णय अमेरिकी प्रतिबन्धहरू र जारी भारत-अमेरिका व्यापार वार्ताको बीचमा आएको हो ।

अगस्टमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद गर्दा भारतमा ५० प्रतिशत कर लगाएका थिए । उनले पछि रूसको सरकारी स्वामित्वमा रहेका तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइलसँगका सबै लेनदेनहरूमा प्रतिबन्ध लगाए । यी प्रतिबन्धहरू नोभेम्बर २१ देखि लागू भएका छन् ।

रिलायन्स इन्डस्ट्रीज, भारत पेट्रोलियम, हिन्दुस्तान पेट्रोलियम, मंगलोर रिफाइनरी, र एचपीसीएल-मित्तल इनर्जीले डिसेम्बरको लागि रूससँग कुनै पनि नयाँ अर्डर नदिएको बताइएको छ । यी कम्पनीहरूले यस वर्ष अहिलेसम्म भारतको रूसी आयातको दुई तिहाइ हिस्सा ओगटेका छन् । डिसेम्बरको लागि रूसी तेल खरिद गर्ने इन्डियन आयल कर्पोरेशन (आईओसी) र नायरा इनर्जी मात्र रहेका छन् । इण्डियन आयलले गैर-प्रतिबन्धित आपूर्तिकर्ताहरूबाट रुसी तेल खरिद गरिरहेको छ भने नायरा, जसमा रूसको रोसनेफ्टको ४९ प्रतिशत हिस्सा छ, उ पूर्ण रूपमा रूसी आपूर्तिमा निर्भर छ ।

No data was found

यस वर्ष भारतको तेल आपूर्तिको लगभग ३६ प्रतिशत रूसले ओगटेको छ, तर रिफाइनरीहरूले अब विकल्पहरू खोजिरहेका छन् । इण्डियन आयलले जनवरी-मार्चको लागि अमेरिका र अन्य क्षेत्रहरूबाट २ करोड ४० लाख ब्यारेल तेल खरिद गर्न बोली लगाएको छ । हिन्दुस्तान पेट्रोलियमले जनवरीको लागि अमेरिका र पश्चिम एसियाबाट ४० लाख ब्यारेल तेल खरिद गरेको छ । त्यस्तै साउदी अरामको र अबु धाबी राष्ट्रिय तेल कम्पनीले भारतीय अधिकारीहरूसँग भेटेर निरन्तर आपूर्तिको आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

धादिङबेशीमा सञ्चालनमा आयो १ करोड ४५ लाख लगानीको वेलनेस सेन्टर एण्ड कफी शप

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

यो पनि पढ्नुहोस