थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने  
राष्ट्रिय समाचार समिति

मंसिर २३, २०८२

काठमाडौँ  : गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।

नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला सङ्घ संस्थाको सहभागितामा आइतबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो । सो छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ–थाइल्यान्ड राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एशोसिएसन, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्र संघीय निकायमा कार्यरत नेपाली, र विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीसहित म्याराथन सञ्चालन गर्ने केही थाई नागरिककोसमेत सहभागिता थियो ।

कार्यक्रमका लागि थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डमा स्थापित नेपालसँग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधि समावेश हुनेगरी एक आयोजक समिति गठन गरिएको छ ।

कार्यक्रमले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, नेपाली पर्यटन, नेपाली परिकार तथा नेपालको साँस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचारप्रसार गरी प्रभावकारी रुपमा नेपाल चिनाउने लक्ष्य राखिएको नेपाली दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति