जनताले नयाँ नेतृत्व खोज्नु पुराना नेताको अपमान होइन

माघ ५, २०८२

लोकतन्त्रको सार परिवर्तनमा निहित हुन्छ । परिवर्तन बिना लोकतन्त्र जड बन्छ, औपचारिक बन्छ र अन्ततः जनताबाट टाढिँदै जान्छ । पछिल्लो समय नेपाली राजनीतिमा “जनताले नयाँ नेतृत्व खोज्नु पुराना नेताको अपमान हो” भन्ने भाष्य बारम्बार निर्माण भईरहेकोे छ । तर यो तर्क लोकतान्त्रिक मूल्य, राजनीतिक चेतना र समयको मागसँग मेल खाँदैन । वास्तवमा नयाँ नेतृत्वको खोजी कुनै व्यक्ति, पुस्ता वा इतिहासप्रति अपमान होइन, यो लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो, विकासको नयाँ अनुुभूतिको चाहना हो ।

नेपालको राजनीतिक इतिहासमा पुराना नेताहरूको योगदान अस्वीकार गर्न मिल्दैन । निरंकुश शासनविरुद्धको संघर्ष, बहुदलीय व्यवस्था, गणतन्त्र, संघीयता र समावेशिताजस्ता उपलब्धिहरू उनीहरूको नेतृत्वबिनाको सम्भव थिएन । ती योगदान इतिहासमा सुनौलो अक्षरले लेखिएका छन् र सदैव सम्मानित रहनेछन् । तर इतिहासमा योगदान गरेको आधारमै वर्तमान नेतृत्वमा स्थायी रूपमा रहिरहनु लोकतान्त्रिक अभ्यास होइन । सम्मान र उत्तरदायित्व फरक विषय हुन् ।

No data was found

समयसँगै समाजका आवश्यकता बदलिन्छन् । हिजो राजनीतिक अधिकार पहिलो प्राथमिकता थियो भने आज सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र आर्थिक समृद्धि प्रमुख मुद्दा बनेका छन् । हिजो आन्दोलन र बलिदान केन्द्रमा थियो भने आज नीति, कार्यक्षमता र परिणाममुखी नेतृत्व आवश्यक छ । यस्तो अवस्थामा जनताले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली भएको नेतृत्व खोज्नु अस्वाभाविक होइन, बरु अपरिहार्य हो ।

नयाँ नेतृत्वको मागलाई पुराना नेतामाथिको व्यक्तिगत आक्रमणका रूपमा बुझ्नु गर्नु लोकतान्त्रिक चेतनाको कमजोर पक्ष हो । लोकतन्त्रमा आलोचना अपमान होइन, सुधारको माध्यम हो । जनताले प्रश्न उठाउँछन्, मूल्यांकन गर्छन् र विकल्प खोज्छन् । यही नै सचेत नागरिकताको परिचय हो । तर म यहाँ लेख तयार गर्दै गर्दा अझै पनि यो देशका कतिपय जनतामा वास्तविक विकास के हो भन्ने चेतना समेत विकास नभएकोमा चिन्ता बोकिरहेकी छु । अर्को तर्फ नेताहरुले राज्य कायम गर्नको लागि समयक्रमसँगै भएका न्युनतम कार्यलाई उत्पात विकास दाबी गरिरहेको कुरामा सत्यता खोजिरहेको छु । यदि जनताले सधैं एउटै नेतृत्वलाई प्रश्न बिनै स्वीकार गर्नुपर्छ भन्ने सोच राखियो भने त्यो लोकतन्त्र होइन, व्यक्तिवादतर्फको यात्रा हो ।

नेतृत्व परिवर्तनको माग राजनीतिक अस्थिरताको संकेत होइन, राजनीतिक परिपक्वताको सूचक हो । विश्वका सुदृढ लोकतन्त्रहरूमा नेतृत्व पुस्तान्तरण नियमित प्रक्रिया हो । अनुभवी नेताहरू मार्गदर्शकको भूमिकामा रहन्छन् भने नयाँ पुस्ता कार्यकारी जिम्मेवारीमा अघि बढ्छ । यसले संस्था बलियो बनाउँछ, दललाई जनमुखी बनाउँछ र प्रणालीलाई दीर्घकालीन बनाउँछ । नेतृत्वमा पुस्तान्तरण गर्न नचाहने प्रवृत्तिले भने दलभित्र असन्तुष्टि, विभाजन र जनविश्वासको क्षय निम्त्याउँछ ।

नयाँ नेतृत्व भनेको अनुभवहीनता मात्र होइन भन्ने तथ्यलाई पनि बुझ्न आवश्यक छ । अनुभव उमेरसँग मात्र होइन, काम, जिम्मेवारी र परिणामसँग जोडिएको हुन्छ । आज स्थानीय तहदेखि संघीय संरचनासम्म काम गरेर खारिएका धेरै युवा तथा नयाँ पुस्ताका नेताहरू नीति निर्माण, व्यवस्थापन र जनसरोकारका विषयमा सक्षम देखिएका छन् । उनीहरू प्रविधिमैत्री छन्, विश्व परिवेशसँग परिचित छन् र पारदर्शिता तथा जवाफदेहितालाई महत्व दिन्छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्न निस्किएका हाम्रा नवयुवाहरुलाई विश्वव्यापी प्रविधीले तानेको छ र आज भन्दा ३० बर्ष अघि हामी सरह अर्थतन्त्र बोकेको देशले आज विकासमा कति फड्को मार्यो र हामी कहाँ छौं तुलनात्मक अध्ययन गरिरहेका छन् । त्यसैले पनि नवयुवाले नेतृत्वमा परिवर्तन चाहानुु स्वभाविक छ ।

राजनीतिमा नयाँ नेतृत्व छिर्ने वित्तिकै पुराना नेताहरूको भूमिका यहाँ समाप्त हुन्छ भन्ने होइन । उनीहरू वैचारिक मार्गदर्शक, संरक्षक र अनुभवको स्रोतका रूपमा अत्यन्त महत्वपूर्ण छन् । तर कार्यकारी नेतृत्व सधैं एउटै पुस्तामा सीमित रहिरहनु स्वस्थ लोकतन्त्रको लक्षण होइन । नेतृत्व हस्तान्तरणलाई कमजोरी होइन, दूरदर्शिता र राजनीतिक परिपक्वताको संकेतका रूपमा बुझ्न सक्नुपर्छ । आज जनताले नयाँ नेतृत्व खोजिरहेका छन् किनकि उनीहरू परिणाम खोजिरहेका छन् । नाराभन्दा कार्य, भाषणभन्दा सेवा र आश्वासनभन्दा उपलब्धि खोजिरहेका छन् । यो खोज अपमानबाट जन्मिएको होइन, अपेक्षाबाट जन्मिएको हो । यदि नेतृत्वले जनअपेक्षा सम्बोधन गर्न सक्दैन भने विकल्प खोजिनु स्वाभाविक पनि हो ।

अन्ततः समय अनुसार नेतृत्वको चरित्र बदलिनुपर्दछ । हिजोको संघर्षमुखी राजनीति र आजको विकासमुखी, सुशासनमुखी राजनीति फरक–फरक नेतृत्व क्षमता माग गर्छ । हिजो साहस र बलिदान आवश्यक थियो, आज नीति, प्रविधि, पारदर्शिता र परिणाममुखी कार्यशैली आवश्यक छ । नयाँ पुस्ताले शिक्षा, प्रविधि, विश्वव्यापी सोच र स्थानीय आवश्यकता बुझ्ने क्षमता बोकेको हुन्छ । त्यसैले जनताले नयाँ नेतृत्व खोज्नु समयको माग हो, भावनात्मक विद्रोह होइन । जनताले नयाँ नेतृत्व खोज्नु पुराना नेताको अपमान होइन, लोकतन्त्रप्रतिको विश्वासको अभिव्यक्ति हो । यो प्रक्रिया रोक्ने होइन, व्यवस्थापन गर्ने विषय हो । पुराना र नयाँ नेतृत्वबीच टकराव होइन, सहकार्य र संक्रमणको संस्कृतिले मात्र नेपाली लोकतन्त्रलाई मजबुत बनाउँछ । इतिहासको सम्मान गर्दै भविष्यको निर्माण गर्न सक्ने परिपक्वता नै आजको राजनीतिक आवश्यकता हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2

ताजा खबर

बाढीले बगाएर त्रिशूली किनारमा भेटिएर बैंकको सेफ फुटाएर नगद लिने २९ जना पक्राउ

मलेखु फुर्केखोला पुलको विकल्पमा खुल्यो परेवाटार मासटार सडक

पृथ्वीराजमार्ग आंशिक सञ्चालन, होल्डिङमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाइदै

भोटेकोशीको बाढीले धादिङको रुवी बेभरेजमा २ करोड ७० लाखको क्षति

भोटेकोशी बाढी: ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग संकलन

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

यो पनि पढ्नुहोस