कस्तो कस्तो लाग्ने रैछ, टिकटै चोरिएपछि…
सम्बाददाता

माघ ६, २०८२

टिकटै चोरिएपछि…

हिजो सम्म ठिकै थियो, राम्रै सपनी तर
रातारातै के के भयो, मन थिरमा कहाँ छर ।
साथीभाई सबै भन्थे, ढुक्क हुनु घरमै बसी
के मुख लेर घर जानु, टिकटै चोरिएपछि ।।
(१)
शक्तिकेन्द्र धाएकै हो, उस्तै थ्यो भक्ति भजन
गाउँ, शहर सबैतिर, राम्रै थियो है वजन ।
के लाग्दो रहेछ है, मित्र नै शत्रु भएपछि
के मुख लेर घर जानु, टिकटै चोरिएपछि ।।
(२)
खै के खिचडी पाक्दो हो, रातारात उता तिर
राम्रै गरे, राम्रै सोचे, ढुक्क थिए यता तिर ।
कतै नक्कली पर्यो कि त, हस्ताक्षर गरेको मसी
के मुख लेर घर जानु, टिकटै चोरिएपछि ।।
(३)
हिजोसम्म आको आइथ्यो, बधाइका पोकाहरु
आज विहानै आइपुग्यो, षडयन्त्र र धोकाहरु ।
धैर्य गर्नुस भन्छन मित्र, सान्त्वना अघि र पछी
के मुख लेर घर जानु, टिकटै चोरिएपछि ।।
(४)
आफ्नै घरको कुरापनि, के सुनाउ छिमेकैतिर
केही मेसो पाको छैन, के भयो खै कहाँ निर ।
धेरै तिर भोज भयो रे, काटि नै सके रे खसी
के मुख लेर घर जानु, टिकटै चोरिएपछि ।।
(५)
मलाई मात्र हो कि यस्तो, अरुलाई पनि भयो ?
हिजो सम्म भा को टिकट, आजै हराई गयो ।
मन बुझाउछु, भन्छु फेरी, चुप लाग्छु घरमै बसी
कस्तो कस्तो लाग्ने रैछ, टिकटै चोरिएपछि ।।
(६)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3

ताजा खबर

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

यो पनि पढ्नुहोस
सम्बाददाता