साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

राष्ट्रिय समाचार समिति

मंसिर ६, २०८३

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बाह्रखरी कथा लेखन प्रतियोगिताका विजेता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार र अनियमितताको अन्त्य तथा सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
“हामीसँग साधन र स्रोत सीमित छन् । जनताका सबै अपेक्षा तत्काल पूरा गर्न सम्भव नहुन सक्छ । तर उपलब्ध स्रोतको पारदर्शी, प्रभावकारी र इमानदार परिचालन गर्न सकियो भने विकास र समृद्धिको यात्रालाई गति दिन सकिन्छ”, सभामुख अर्यालले भन्नुभयो ।
साहित्यकारले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो ।
सभामुख अर्यालले समाजका वास्तविक समस्या र नागरिकका भावनालाई साहित्यले जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले जनप्रतिनिधि तथा नीति निर्माताले पनि साहित्यको अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजले भोगेका दुस्ख, सुख, सङ्घर्ष, अभाव, विकृति, विसङ्गति र परिवर्तनका आकांक्षालाई बुझ्ने सबैभन्दा सशक्त माध्यम साहित्य हो । कुनै सहरलाई माथिबाट हेर्दा त्यसको समग्र स्वरूप देखिएझै साहित्यको अध्ययनबाट समाजको वास्तविक अवस्था र चरित्र बुझ्न सकिन्छ ।”
‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ मा चेतनाथ आचार्यद्वारा लिखित ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथा प्रथम भएको छ । कार्यक्रममा सभामुख अर्यालले प्रथम स्थान हासिल गरेका आचार्यलाई रु दुई लाख पुरस्कार प्रदान गर्नुभयो ।
यस्तै मधुर भट्टराईद्वारा लिखित ‘सपनाको अर्को रङ्ग’ शीर्षकको कथा द्वितीय र सरस्वती सरसद्वारा लिखित ‘अस्तित्वको अल्गोरिदम’ शीर्षकको कथा तृतीय भएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ६० हजार पुरस्कार प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

धादिङमा बेलिब्रिज र पक्की पुल निर्माणको जिम्मा संघीय सरकारको : गगन थापा

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति