अमेरिकालाई तीन विकेटले पराजित गर्दै नेपाल ‘ए’को लगातार दोस्रो जित
पाविलन्युज

बैशाख २५, २०८३

काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास श्रृंखलामा अमेरिकालाई तीन विकेटले पराजित गरेको छ । श्रृंखलामा यो नेपाल ‘ए’को लगातार दोस्रो जित हो । घरेलु टोलीले यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो ।

शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । नेपाल ‘ए’को जितमा मयन यादवले ७२ रनको अर्धशतकीय पारी खेले । मयनले ८० बलमा चार चौका र दुई छक्का प्रहार गरे । सन्दीप जोराले ३६ रन जोडे । कुशल मल्लले ३३ रन बनाउँदा कप्तान अनिलकुमार साहले २७ रन, पवन सराफले २४, तृतराज दासले २३, बसिर अहमले १८, र देव खनालले १७ रन बनाए ।

अमेरिकाका निम्ति मिलिन्द कुमारले दुई विकेट लिए । सौरभ नेत्रावाल्कर, नोस्तुस केन्जिगे, रुसिल उगरकार, हर्मित सिंह र सञ्जय कृष्णमूर्थीले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

गल्छी सिद्दलेकमा खुसी छर्दै फानसेप आयोजना

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना

ठगीको अभियोगमा तीन जना पक्राउ

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

यो पनि पढ्नुहोस
पाविलन्युज