तपोवनमा ‘अष्टावक्र महागीतामृत’ लोकार्पण
पाविलन्युज

असार १८, २०८३

काठमाडौ । काठमाडौँको नागार्जुनस्थित ओशो तपोवनमा एक विशेष समारोहका बिच अष्टावक्र महागीतामृत (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरिएको छ ।

ओशो तपोवनद्वारा आयोजित कार्यक्रममा बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी र अनुसर्जक सुमी लोहनीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो । साहित्यकार लोहनीद्वारा अनुसिर्जन गरिएको ११२ पृष्ठको उक्त कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो ।

स्वामी आनन्द अरुणले अष्टावक्र गीता जनकपुरको माटोमा जन्मिएको ग्रन्थ भएकाले यसको प्रवर्द्धनमा नेपाल बढी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । राजा जनकलाई वैराग्य प्रदान गर्ने यस अनमोल ग्रन्थमा जम्मा २९८ श्लोक भए पनि यसको दार्शनिक प्रभाव असाधारण छु,उहाँले भन्नुभयो, मैले जनकपुरमा अष्टावक्र मन्दिर निर्माणको पहल गरिरहेको छु र यसलाई राष्ट्रिय कृति घोषणा गराउन निरन्तर लागिपर्नेछु ।

ओशोले सन् १९७४ मा आफ्ना साधकहरूका बिच यस दुर्लभ ग्रन्थबारे असङ्ख्य प्रवचन दिएको र ती प्रवचनहरू ६ वटा पुस्तकका रूपमा सङ्ग्रहित रहेको उहाँले स्मरण गर्नुभयो ।
अनुसर्जक सुमी लोहनीले कोरोना कालको फुर्सदमा अष्टावक्र महागीता पढेर प्रभावित भएपछि आम पाठकको लाभका लागि यसको सरल अनुसिर्जन गरेको सुनाउनुभयो । त्यस्तै, साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले ग्रन्थको दार्शनिक ओजमाथि प्रकाश पार्नुभयो ।

लोकार्पित कृतिको समीक्षा गर्दै डा। रमा भट्टराईले आत्मबोधका सन्दर्भमा यो पुस्तक सदैव उपयोगी रहने बताउनुभयो । महिला लेखकले सिर्जना गरेको भन्दै यस्ता गम्भीर आध्यात्मिक ग्रन्थलाई उपेक्षा गर्न नमिल्ने उहाँको भनाइ थियो । अर्का वक्ता डा। अनन्त अर्यालले ध्यान र सेवाभावसहित अध्ययन गरेमा मात्र यो गीता बुझ्न सकिने धारणा राख्दै स्वामी रवि शङ्करले समेत यसको सकारात्मक चर्चा गरेको स्मरण गर्नुभयो ।

दीप प्रज्ज्वलन र स्वस्तिवाचनबाट सुरु भएको र स्वामी अर्हत्ले सञ्चालन गर्नुभएको उक्त समारोहमा विमोचित पुस्तकको मूल्य २४० रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
पाविलन्युज