काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0