देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
राष्ट्रिय समाचार समिति

श्रावण २१, २०८३

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उहाँले देशमा शान्तिसुरक्षा कायम राख्न गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । “माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छरु” उहाँले प्रश्न गर्नुभयो ।

No data was found

गृहमन्त्री गुरुङले उक्त विषयमा अनुसन्धान जारी रहेकाले त्यसमा टिप्पणी गर्न उपयुक्त नहुने बताउनुभयो । “यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु ।” यद्यपि उहाँले यस्ता विषयमा व्यक्तिगत रूपमा पनि आफूलाई सोध्न सकिने बताउनुभयो ।

गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे टिप्पणी गर्न नचाहेको पनि बताउनुभयो।

सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस गरेको बताउँदै प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराउनुभयो ।

फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय आवश्यक छ भन्नुभयो ।

“हाम्रो देशले धेरै उतारचढाव बेहोरेको छ। त्यसैले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेका छौँ,” उहाँले भन्नुभयो, “११६६ हेल्पलाइनमार्फत आत्महत्या रोकथामका लागि प्रयास भइरहेको छ ।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

राष्ट्रियसभाः स्वास्थ्य बिमा तथा किसानका समस्यामा ध्यानाकर्षण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति