इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

राष्ट्रिय समाचार समिति

श्रावण २१, २०८३

काठमाडौँ। ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिङ्ग गाउँपालिका-४ ठेगाना भएका अम्मरसिं नेपाली बुधबार राति पक्राउ परेका छन् । साउदी अरबबाट नेपाल आगमन हुने क्रममा निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
अम्मरसमेत भएको ज्यानसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा वारदात पश्चात् फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास गरी पक्राउ गर्नका लागि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०८१ जेठ २४ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति