खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे
राष्ट्रिय समाचार समिति

श्रावण २२, २०८३

काठमाडौँ। खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ ।

विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौँको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ ।

No data was found

प्रहरी नायब महानिरीक्षक काफ्लेले सीमा क्षेत्रका प्रहरीलाई यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न निर्देशन दिइएको बताउनुभयो । “खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको छ”, प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ ।”

प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको जानकारी दिनुभयो । केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरणसहित तयारी अवस्थामा राखिएको छ ।

विपद् पूर्वतयारी र प्रतिकार्यका लागि करिब १० हजार बढी प्रहरीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । “केन्द्रस्तरको विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेशस्तरका विपद् व्यवस्थापन गुल्म र इलाका प्रहरीस्तरसम्म ‘स्टाण्डबाइ’ राखेका छौँ”, उहाँले भन्नुभयो ।

विपद्का कारण प्रभावित हुने सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।

प्रहरी बेरुजु शून्य सङ्गठन

प्रहरी सङ्गठन बेरुजुसम्बन्धी गुनासालाई शीघ्र सम्पादन गरेर पुरस्कृत भएको उहाँको भनाइ छ । “हामीसँग खासै बेरुजु भएको अवस्थामा छैन”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति