धादिङ । भोटेकोशीमा आएको भीषण बाढी त्रिशूलीमा मिसिएपछि धादिङको बैरेनी लगायतका क्षेत्रमा सडक अवरुद्ध भई नारायणगढ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार सुरक्षा जोखिमका कारण राजमार्गमा सवारी साधन रोकिएको हो। सडकको अवरोध पन्छाउन समय लाग्ने भएकाले चितवन प्रशासनले पनि सूचना जारी गर्दै स्थिति सामान्य नभएसम्म नारायणगढबाट काठमाडौँ जाने गाडी नछाड्ने जनाएको छ।
बाढी र पहिरोको जोखिम यथावत् रहेकाले प्रशासनले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र समस्या परेमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0