बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
राष्ट्रिय समाचार समिति

भदौ २२, २०८३

काठमाडौँ। नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौँको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका मडैमाथि जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने

धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति