कृष्णभीरमा जताततै पानी, बल्लतल्ल रोकिएको पहिरो चलाउँदा पुनः पहिरोको जोखिम
पाविलन्युज

भदौ ३०, २०८३

धादिङ । भदौ १४ गतेदेखि कृष्णभीरमा सडक अवरुद्ध छ । देशको लाइफलाइन खुलाउन ११ दिनदेखि काम पनि भइरहेको छ । नदी कटानले सडक भासिएकै कुनापट्टीबाट नयाँ ट्रयाक निर्माण गरी परीक्षण पनि गरिसकिएको छ । असोज १ गतेबाट पूर्ण रुपमा सवारी आवागमन गराउन सकिनेगरी द्रुत गतिमा काम भइरहेको प्राविधिकहरुले बताएका छन् ।

तर, यो काम सोचेजस्तो सहज र सुरक्षित छैन । यहाँ भित्ता काटेर बाटो बनाउने क्रममा पहराका ठाउँठाउँबाट पानी रसाइरहेको छ, ‘कृष्णभीरको पहरामा जता छोयो त्यतै पानी’ शीर्षकमा कहलिएका संचार माध्यमले समाचार लेख्दा र सामाजिक अभियान्ताहरुले भिडियो फोटो खिचेर पोष्ट गर्दा कृष्णभीरलाई अन्याय हुनेछैन ।

कृष्णभीरको भित्तामा जता छोयो उतैबाट पानी निस्कने अनौठो समस्या छ । सामान्य रूपमा थोरै मात्र कोट्याउँदा वा प्वाल पार्दा पनि पाइप वा बोतल छिराउन मिल्ने गरी पानीको मुल नै फुटेझैँ धारा बन्ने गरेको छ ।

No data was found

खुकुलो पहरा, निरन्तर झर्ने साना–ठूला पहिरो र पहराबाट अनियन्त्रित रूपमा निस्किरहने पानी नै यहाँका मुख्य चुनौती हुन् । भित्ताबाट रसाएको पानी निर्माण व्यवसायी र इन्जिनियरहरूका लागि टाउको दुखाइको विषय बनेको छ ।

कृष्णभीर देशको चर्चित पहिरो हो । यो पहिरो २६ वर्षअघि निकै ठूलो मेहनत, उच्च प्राविधिक सीप, लामो अनुभवको प्रयोग र प्रयासपछि रोकिएको थियो । तर, सडक भएको पुरै भाग पहिरिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भाग काटेर सडक चौडा गरी नयाँ ट्रयाक बनाइएको छ ।

सडक चाँडै खुलाउने दबाब र बल्लतल्ल रोकिएर स्थिर बनेको कमजोर जमिनलाई फेरि काटेर हतारोमा सडक निर्माण गरिनुले यस क्षेत्रमा पुनः ठूलो पहिरोको जोखिम निम्त्याएको छ । हतारमा कमजोर जमिनलाई छियाछिया पारेर निर्माण गरिएको यो संरचनाले देशको मुख्य लाइफलाइन पृथ्वी राजमार्गलाई नै झनै बढी जोखिममा धकेलिदिएको छ ।

यसको दीर्घकालीन र वैज्ञानिक समाधान बेलैमा खोजिएन भने यो लापरबाहीले आगामी दिनमा राष्ट्रले ठूलै मूल्य चुकाउनुपर्ने र यसले भयानक दुःख दिने निश्चितप्रायः देखिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको सिद्धलेकमा १३ कृषक समूहलाई २६ वटा बोयर जातका ब्याड बोका वितरण

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

सर्वदलीय बैठक जारी

एसियाली खेलकुद : नेपाल जापानसँग  खेल्दै

इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलरभन्दा बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने

यो पनि पढ्नुहोस
पाविलन्युज