एसियाली खेलकुद : नेपाल जापानसँग  खेल्दै

राष्ट्रिय समाचार समिति

भदौ ३१, २०८३

काठमाडौँ। बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ ।
नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४ः०० बजेदेखि कोमाकीस्थित पार्क एरिनामा हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ । भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो ।
आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको छैटौँ स्थानमा रहेको जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । ताजा वरियतामा नेपाल ६९औँ स्थानमा छ ।
एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक प्रतिस्पर्धा गरिरहेको हो ।
सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

सुनचाँदीको मूल्य स्थिर

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति