काठमाडौँ। सर्वोच्च अदालतले भरतमणि दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दीसहित उपस्थित गराई लिखित जबाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित विपक्षीका नाममा आदेश दिएको हो।
अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
अदालतले आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन भनेको छ।
साथै, लिखित जबाफ पेस गर्न समेत अदालतले आदेश दिएको छ।
साइबर अपराध गरेको आरोपमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0