काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ
राष्ट्रिय समाचार समिति

असोज २०, २०८३

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार गएको २४ घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार र चालु मुद्दाका फरार ती प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

अपराध रोकथाम तथा नियन्त्रण गरी काठमाडौँ उपत्यकामा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले परिसरले राजधानीका विभिन्न क्षेत्रमा उक्त अभियान सञ्चालन गरेको जनाएको छ । अभियानका क्रममा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत तथा दुव्र्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाका रूपमा काम गर्ने र गुण्डागर्दी जस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।

No data was found

प्रहरीले अपराध नियन्त्रण तथा सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि न्यूनीकरणका लागि विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नियमित महाधिवेशन पक्षधर कांग्रेस नीलकण्ठ नगरपालिकाको सभापतिमा पदम पोखरेल

काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन रास्वपा दृढ छ : खरेल

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति