पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध
राष्ट्रिय समाचार समिति

असोज २४, २०८३

गण्डकी। पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल) को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ ।

विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

No data was found

सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार पहुँच र बजारीकरण क्षमता अभिवृद्धिका लागि पाँच दिने कृषक बजार पाठशाला 

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

नागढुंगा मलेखु सडक अन्तर्गत गलौदीमा यसरी हुँदैछ नयाँ डाइभर्सनको काम (तस्बिरहरु)

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति