काठमाडौ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्नुभएको छ ।
आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत सफलताको कामना पनि गर्नुभयो ।
प्रधानमन्त्री शाहले भन्नुभएको छ, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हार्दिक शुभकामना ।”
एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0