मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

राष्ट्रिय समाचार समिति

कार्तिक १०, २०८३

चितवन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताउनुभयो ।
भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उहाँ यहाँ आउनुभएको हो ।
सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताउनुभयो ।
समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उहाँले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताउनुभयो ।
मन्त्री रावलले भन्नुभयो, “धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ ।”
बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताउनुभयो ।
मन्त्री रावलले भन्नुभयो, “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ रु, आगामी कार्ययोजना के छ रु  भन्नेबारे जनतालाई बताउनुपर्ने छ । उहाँहरु त्यो सुन्न आतुर हुनुहुन्छ ।”
अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको  बताउँदै उहाँले भन्नुभयो, “त्यस्तो हुँदैन । हामीले काम गरिरहेका छौँ । कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ ।”
मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताउनुभयो ।
        उहाँले भन्नुभयो, “जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौँ । कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ ।”
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने 

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभावले वर्षा

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

ब्राजिलमा लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति