चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

राष्ट्रिय समाचार समिति

कार्तिक १०, २०८३

काठमाडौं । काठमाडौं चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता छ । मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । लिच्छवीकालीन उक्त मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदाका रूपमा स्थापित छ ।

शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएको त्यस मन्दिरमा हिन्दू र बौद्ध धर्मका अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्दै आएका छन् । त्यस मन्दिरलाई अर्धनारेश्वर र आदिनाथ दुवै भन्ने प्रचलन छ । त्यस मेलामा सहभागी भएमा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती छ भने मन्दिरको दर्शन गरेमा भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

No data was found

मन्दिरमा बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा लोकेश्वरको पूजाआजा गर्ने प्रचलन छ । लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने र धनसम्पत्ति प्राप्त हुने विश्वासका साथ मन्दिरमा पूजाअर्चना गरिन्छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा आदिनाथलाई पूजन गर्ने चलन छ ।

काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने उक्त मन्दिरबाट नजिकै मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदहजस्ता धार्मिक महत्व बोकेका तीर्थस्थल छन् । काठमाडौँ उपत्यका दहका रुपमा रहेकामा मञ्जुश्रीले खड्ग प्रहार गरी पानीलाई निकास दिएको चोभार गल्छी पनि यसै स्थानमा छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने 

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभावले वर्षा

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

ब्राजिलमा लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति