बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

राष्ट्रिय समाचार समिति

कार्तिक १०, २०८३

काठमाडौँ। काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ ।
सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो ।
पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइन्छ ।
विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको थियो ।  उहाँले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यसै हप्ता भित्र पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको बताउनुभयो ।
उक्त पुल निर्माणका लागि रु दुई करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने 

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभावले वर्षा

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

ब्राजिलमा लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति