कांग्रेस नियमित महाधिवेशन पक्षधरभित्र धादिङ जिल्ला सभापतिमा आकांक्षीको ओइरो, अग्रपङ्तीमा गोपाल र गोविन्द

शंकर श्रेष्ठ

कार्तिक ११, २०८३

धादिङ । नेपाली कांग्रेस विभाजन भई दुई ध्रुवमा बाँडिए पनि नियमित महाधिवेशन पक्षधरभित्र धादिङ जिल्लाको नेतृत्व हत्याउने होडबाजी चर्किएको छ । नेपाली कांग्रेस औपचारिक रूपमै विभाजित भएर दुई ध्रुवमा बाँडिए पनि नियमित महाधिवेशन पक्षधर अर्थात शेरबहादुर देउवा पक्षधर कांग्रेसमा सभापति बन्ने आकांक्षीको ओइरो देखिएको हो ।

गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन पक्षधर अलग बाटो लागेपछि देउवा नेतृत्वको नियमित महाधिवेशन पक्षले आगामी कात्तिक १५ गते धादिङ जिल्ला अधिवेशनको तयारी गरेको छ । १५औँ जिल्ला अधिवेशनबाट नेतृत्व हात पार्न पूर्व जिल्ला सभापतिदेखि प्रदेश सांसद, भ्रातृ संगठनका पूर्वअध्यक्ष र युवा नेताहरूसम्म गरी आधा दर्जनभन्दा बढी आकांक्षी मैदानमा देखिएका छन् ।

विशेष महाधिवेशन पक्षधरतिर अधिकांश नेताहरू ढल्किएका बेला जिल्लाको अस्तित्व सम्हालेका वर्तमान संयोजक गोपाल विश्वकर्मा स्वयं पूर्ण कार्यकालका लागि सभापतिको दौडमा छन् । उनीबाहेक पूर्व जिल्ला उपसभापति रामकृष्ण अधिकारी, बागमती प्रदेश सांसद एवं पूर्व जिल्ला सचिव गोविन्द लम्साल, महासमिति सदस्य तथा पूर्व तरुण दल अध्यक्ष दिनेशबहादुर गुरुङ, बागमती प्रदेश सदस्य एवं स्वास्थ्य विभाग प्रमुख डा. अमित सिंह कार्की, महाधिवेशन प्रतिनिधि एवं नेविसंघ पूर्व अध्यक्ष रवि सुदन थापा र जिल्ला कार्यसमिति सदस्य नारायणप्रसाद पोखरेल सभापति बन्ने लाइन तय गर्न दौडधुपमै छन् ।

No data was found

आकांक्षीहरूमध्ये विशेषगरी गोपाल विश्वकर्मा गोविन्द लम्साल नै अग्रपङ्तीमा देखिन्छन् । विश्वकर्मालाई वर्षाैसम्म तरुण दल धादिङको अध्यक्ष पदमा रहेर तरुण दलको जिल्ला अधिवेशन गरी पद हस्तान्तरण गर्न नसकेको आरोप लाग्ने गरेको छ भने जिल्ला सचिवपछि क्षेत्रीय अध्यक्षमा पराजित भएका लम्साललाई परिवारबादको आरोप लाग्ने गरेको छ । बालकृष्ण खाँडको आडमा संसद टिकट लिएर बहादुरसिंङ लामाको बलमा बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक बनेका लम्साल महाधिवेशन प्रतिनिधि हार्ने डरले देउवा कांग्रेसतर्फ लागेको आरोप छ ।

वर्तमान जिल्ला संयोजक गोपाल विश्वकर्माको नेतृत्वमा वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । स्रोतका अनुसार संकटको घडीमा जिल्ला सम्हालेका विश्वकर्मालाई पछाडि सारेर आफूहरू नेतृत्व हत्याउने दाउमा केही नेताहरू लागेका छन् ।

आकांक्षीहरूको यो ओइरोले देउवा पक्षभित्र पनि पदप्रतिको भित्री प्रतिस्पर्धा उदाङ्गो बनेको छ । कात्तिक १५ गते हुने अधिवेशनले देउवा पक्षको स्थानीय धरातल कत्तिको मजबुत छ भन्ने परीक्षण गर्नेछ । यद्यपि, बिषेश महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर दुई धारमा बाँडिएको कांग्रेसको यो द्वन्द्वले तल्लो तहका कार्यकर्ताहरूमा भने अन्योल र विभाजनको त्रास कायमै राखेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

कांग्रेस नियमित महाधिवेशन पक्षधरभित्र धादिङ जिल्ला सभापतिमा आकांक्षीको ओइरो, अग्रपङ्तीमा गोपाल र गोविन्द

एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ