काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले नाटकीय जित निकालेको छ ।
नाटकीय जित निकाल्ने क्रममा चितवनले विराटनगर किङ्ग्सले ८ रन हरायो ।
जितका लागि पाएको १५८ रनको लक्ष्य विराटनगर १९ दशमलब ३ ओभरमा १४९ रनमा अलआउट भयो ।
१५ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर १३२ को बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धरासायी बन्यो ।
जसमा इमरान शेखले सर्वाधिक ३९ र आन्द्रे रसलले ३३ रनको योगदान गरेपनि जित दिलाउन सकेनन् ।
चितवनका कमलसिंह ऐरीले ४ र रिजन ढकालले २ विकेट झारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १५७ रन बनायो ।
जसमा ओपनर ब्याटर डेविड मलानले अर्धशतक हिर्काउदैं सर्वाधिक ७० रन बनाए । जारी संस्करणमा अर्धशतक हिर्काउने मलान पहिलो खेलाडी समेत बनेका छन् ।
यस्तै रवि बोपरा ३२ र ड्यान माउस्ली २९ रनमा अविजित रहे ।
विराटनगरका चरिथ असलंका, आन्द्रे रसल र एन्जेलो म्याथ्युजले १र१ विकेट लिए ।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।