श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

राष्ट्रिय समाचार समिति

कार्तिक ११, २०८३

काठमाडौँ। श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्नुहुने भएको छ ।
तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उहाँ दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ ।
रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । त्यसमा उहाँले छ विकेट लिनुभएको छ । ब्याटिङमा ७७ रन बनाउनुभएको छ । उहाँको टी–२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उहाँले ८८ खेल खेल्दै ९८ विकेट लिनुभएको छ ।
यसै क्रममा उहाँको उत्कृष्ट बलिङ प्रदर्शन आठ रन खर्चेर चार विकेट लिनु हो । उहाँले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाउनुभएको छ ।
प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रत्नायकेले ३७८ विकेट लिनुभएको छ, भने एक हजार ९२३ रन बनाउनुभएको छ ।  त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाउनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

रराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति