काठमाडौँ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् । दुवै टोली पहिलो जितको खोजीमा छन् । प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो ।
यसअघि सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0