काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0