एड्भान्स एकेडेमीमा २०औँ वार्षिक खेलकुद सप्ताह सुरु, १०१ विधामा प्रतिस्पर्धा हुने

पाविलन्युज

कार्तिक १७, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित एड्भान्स एकेडेमीले २०औँ वार्षिक खेलकुद सप्ताह सुरु गरेको छ ।

खेलकुद सप्ताह उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्याक रहेको बताउनुभयो । विद्यालय तहबाटै खेलकुदको विकास गर्न सके मात्रै दक्ष खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्नुभयो । तेक्वान्दोलाई पाठ्यक्रमकै रूपमा अध्यापन गराउँदै आएकोमा अध्यक्ष तामाङले एड्भान्स एकेडेमीको प्रशंसा गर्नुभयो ।

त्यस्तै, नीलकण्ठ नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर श्रेष्ठले खेलाडी उत्पादनको महत्वपूर्ण आधार विद्यालय भएको बताउँदै खेलकुदलाई प्राथमिकता दिएकोमा विद्यालयलाई बधाई दिनुभयो ।

No data was found

विद्यालयका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीले खेलकुद सप्ताहले विद्यार्थीमा रहेको खेलप्रतिको रुचिलाई उत्साहमा बदल्दै प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताउनुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सोमबारदेखि सुरु भएको खेलकुद सप्ताहमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी हुने छन् । विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार यस वर्षको खेलकुद उत्सवमा छात्र तथा छात्राका गरी १ सय १ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३ सय ६२ स्वर्ण पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् । विद्यालयले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गर्ने उद्देश्यले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको छ । उद्घाटन समारोहमा विद्यार्थीहरूले मार्चपास, पीटी प्रदर्शन तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

एड्भान्स एकेडेमीमा २०औँ वार्षिक खेलकुद सप्ताह सुरु, १०१ विधामा प्रतिस्पर्धा हुने

एनपिएल क्रिकेटः कर्णालीले काठमाडौँलाई दियो १८१ रनको चुनौतीे

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

यो पनि पढ्नुहोस
पाविलन्युज