काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रनको योगफल बनायो ।
कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २२ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४४ रनको योगदान दिएका हुन । त्यसैगरी मोहम्मद हुसेन तलातले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे ।
पवन शर्राफले अविजित ३० रन बनाउँदा गुल्सन झाले २० तथा मार्क वाटले १७ रन बनाए । बलिङतर्फ काठमाडौँका करण केसीले दुई विकेट लिए भने साहब आलम, सन्तोष यादव, जहान्दाद खान र देव शाहले समान एक-एक विकेट लिए ।
काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0