छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिनेः  मुख्यमन्त्री थापा

राष्ट्रिय समाचार समिति

कार्तिक १८, २०८३

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ८३ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो ।
टुक्रे योजनामा बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको जानकारी दिनुभयो ।
उहाँले सङ्घीय तथा प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै ढिलासुस्ती नगरी समयमै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री थापा मगरले हेटौँडालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
उहाँले विकास योजनाको गुणस्तर तथा प्रगति अनुगमनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्वदेशी फूल बिक्रीका लागि काठमाडौँका ३३ स्थान निर्धारण, प्लास्टिकजन्य मालामा पूर्ण रोक

नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन, मुलुकको ऊर्जा सुरक्षाको नयाँ आयाम

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः  मुख्यमन्त्री थापा

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति