एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

राष्ट्रिय समाचार समिति

कार्तिक १८, २०८३

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।
कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भरखरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।
यससँगै विराटनगरले पहिला  ब्याटिङ गर्नेछ । प्रतियोगितामा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । तीन खेल नै खेलको जनकपुर बोल्ट्स दुई खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ ।
चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको थियो ।
त्यसअघि काठमाडौँ गोर्खाजमाथि ८ विकेटको जित निकालेको थियो । त्यसैगरी आफनो पहिलो खेलमा भने जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो ।
समान तीन खेल खेलेको विराटनगरले एक खेलमा जित तथा दुई खेलमा हार ब्यहोरेको छ । विराटनगर अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
विराटनगरले  सुदूरपश्चिम रोयल्समाथि जित निकालेको थियो । त्यसअघि कर्णाली याक्ससँग ४ विकेट तथा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्वदेशी फूल बिक्रीका लागि काठमाडौँका ३३ स्थान निर्धारण, प्लास्टिकजन्य मालामा पूर्ण रोक

नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन, मुलुकको ऊर्जा सुरक्षाको नयाँ आयाम

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः  मुख्यमन्त्री थापा

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति