पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन उत्साहजनक

राष्ट्रिय समाचार समिति

कार्तिक २०, २०८३

काठमाडौँ। आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन प्रगति उत्साहजनक रहेको पाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु २३९.३ करोड खर्च भएको छ ।
त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताउनुभयो ।
उहाँका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर)ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले यस अवधिमा रु ४३.७ करोड खर्च गरेको छ । जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।
महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा  सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यी चार ठूला आयोजनाले मात्र रु १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो ।”
विभागका अनुसार प्रगन्ना–बड्कापथ (दाङ)ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।
महानिर्देशक रजौरियाले भन्नुभयो, “तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ ।”
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैनः सभापति थापा

एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा  भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति