प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

राष्ट्रिय समाचार समिति

कार्तिक २०, २०८३

काठमाडौँ।  प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको हो ।
प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई  प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्तिसुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उहाँले सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैनः सभापति थापा

एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा  भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति