एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

राष्ट्रिय समाचार समिति

कार्तिक २०, २०८३

काठमाडौँ। जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो । पछिल्लो जितसँगै ४ खेलमा ७ अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
साविक विजेतासमेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेल बर्षाका कारण रद्द भएपछि चितवन राईनोजसँग अङ्क बाडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो ।
लुम्बिनीले जितको लागि दिएको १५० रनको लक्ष्य पन्छाएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे । त्यस्तै त्रितराज दासले १८ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै  शेर मल्ल र तिलक भण्डारीले समान २-२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो ।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा  रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २-२ विकेट लिए । त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १-१ विकेट हात पारे ।
यस हारसँगै पहिलो संस्करणको विजेता जनकपुरले  ५ खेलमध्ये २ खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ । अहिले जनकपुरको ४ अङ्क छ ।
  काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैनः सभापति थापा

एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा  भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति