एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित

राष्ट्रिय समाचार समिति

कार्तिक २५, २०८३

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको जित निकालेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको यो चौथो जित हो । जनकपुर बोल्ट्सले भने लगातार तेस्रो खेलमा पराजय व्यहोरेको छ ।
आफ्नो खेलमा छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९।५ ओभरमा सवै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जेम्स निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले ३ तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिम रोयल्सका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११, सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिए ।
यो जितपछि सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम रोयल्सले छ खेलबाट ८ अङ्क जोडेको छ । जनकपुरसँगको जितसँगै सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनेको छ ।
आजको हारपछि जनकपुर बोल्ट्सको प्लेअफ यात्रा कठिन बनेको छ । उसले छ खेल खेल्दा चार खेलमा हार तथा दुई खेलमा मात्र जित निकालेको छ । जनकपुर बोल्ट्सले अब लिग चरणमा एउटा खेल मात्र खेल्न बाँकी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित

जेब्रा क्रसिङमा पार्किङ : सांसद श्रेष्ठको सवारीसाधन जरिवानामा

कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

नेकपाका संयोजक दाहालद्वारा नेपाल संवत्को शुभकामना

तालिमप्राप्त कुकुर परिचालन 

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति