एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

राष्ट्रिय समाचार समिति

कार्तिक २७, २०८३

काठमाडौँ। एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन् ।
थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तरराष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ)ले आज त्यसतर्फ जानलागेका खेलाडीलाई  विदाई गरेको छ ।
यही कात्तिक २७ देखि ३० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिर्दै बिदाइ गर्नुभएको हो ।
उहाँले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित पनि गर्नुभयो ।
नेपालको तर्फबाट दुई खेलाडीले भाग लिदैछन् । अनिश थापा र असिमबाबु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल हुनुहुन्छ । नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका महासचिव तथा अन्तरराष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनुहुनेछ ।
बिदाइ कार्यक्रममा नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आइएफबिबी अन्तरराष्ट्रिय निर्णायक केशव नागा, अन्तरराष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दिपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति