एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

राष्ट्रिय समाचार समिति

कार्तिक २७, २०८३

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ । दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो ।
प्लेअफ सम्भावना कायमै राख्न कर्णाली आज जित्नैपर्ने दबाबमा छ । तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुईमा मात्र जित हात पारेको छ ।
लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ । अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
एनपिएलअन्तर्गत आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति