ज्येष्ठ नागरिक सुविधाअन्तर्गत पूर्वमन्त्री रायमाझी कारागारबाट रिहा

राष्ट्रिय समाचार समिति

कार्तिक २७, २०८३

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहनुभएका पूर्वमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ ।
ज्येष्ठ नागरिक छुट पाएर डिल्लीबजार कारागारबाट आज रायमाझी रहा हुुनुभएको कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पैसठ्ठी वर्ष पूरा हुनुभएका रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रिहा हुनुभएको हो । कारागार प्रशासनले रायमाझीलाई परिवारको जिम्मा लगाएको छ ।
सर्वोच्च अदालत यही कात्तिक १६ गते पूर्वमन्त्री रायमाझीलाई सो छुट सुविधा दिन कारागार प्रशासनलाई पत्राचार गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति