एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित छ विकेट

राष्ट्रिय समाचार समिति

कार्तिक २७, २०८३

काठमाडौँ। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आज करिअरकै सानदार बलिङ गरेका छन् ।
उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए ।

सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गरे । । योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित छ विकेट लिने पहिलो बलर बनेका छन् ।

No data was found

एनपिएलमा समग्रमा एक खेलमा छ विकेट लिने खेलाडीमा सन्दीप तेस्रो बलर बनेका छन् । यसअघि यो उपलब्धि काठमाडौँ गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ ।
गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित हुनुभएको थियो । उक्त सिजनमा उनले नौ खेलमा १७ विकेट लिएका थिए ।

पहिलो संस्करणमा सन्दीपले सात खेलमा छ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति