एनपिएलः पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

राष्ट्रिय समाचार समिति

कार्तिक २७, २०८३

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।
खेलमा बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिए । अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाए ।
पोखराका लागि बलिङतर्फ कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा विपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच  ओभरमा १३२ रनमा अलआउट भयो ।
ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन् ।
यस्तै, धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विराटनगर किङ्सका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे ।
उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक छ विकेट लिए । त्यसमा सन्दीपको ह्याट्रिक समावेश छ । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए ।
यो जितपछि विराटनगरको प्लेअफ सम्भावना जीवितै रहेको छ । उसले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।
आजको हारपछि पोखरा प्लेअफ दौडबाट बाहिरिएको छ । उसले छ खेलमध्ये पाँचमा पराजय र एक खेलमा मात्र जित निकालेको छ ।
आजै हुने अर्को खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुने तालिका छ । खेल साँझ ५ः०० बजेदेखि सुरु हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति