हेटौँडा। मकवानपुरको भैँसे नजिकै आज बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
रौतहटको चपुरबाट काठमाडौँतर्फ गइरहेको ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडमा दुर्घटना हुँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो । अन्य एक मृतकको परिचय खुलेको छैन ।
दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए । घाइते सात जनालाई हेटौँडा अस्पताल पु¥याइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0