जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

राष्ट्रिय समाचार समिति

मंसिर ४, २०८३

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको राष्ट्रिय हित, जनताका समस्या समाधानमा पार्टीले एकता कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई राष्ट्रियता र जनताका सरोकारका विषयमा स्पष्ट दृष्टिकोणसहित सक्रिय हुन आग्रह गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षबाट पछि हट्न नहुनेमा जोड दिनुभयो । उपाध्यक्ष थापाले आशन्न स्थानीय तह, प्रदेशसभालगायतका निर्वाचनमा जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुपर्छ भन्नुभयो ।
केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको बताउनुभयो । भेलामा  तीन हजार ४१४ जना नेता तथा कार्यकर्ता सहभागी छन् । स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढीकरण र राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा दृष्टिकोण निर्माण गर्न भेला आयोजना गरिएको हो ।
भेला सकिएलगत्तै आजै साँझ पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता भण्डारी

सुनचाँदीको मूल्य घट्यो

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति