नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

राष्ट्रिय समाचार समिति

मंसिर ३, २०८३

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ६२ अङ्कले बढेर दुई हजार ६२८ दशमलव ६७ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अङ्कले बढेर ४७६ दशमलव ९३ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले बढेर १८२ दशमलव  ६९ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अङ्कले बढेर १६१ दशमलव ९२ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर रु तीन अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेका छन् । आज १३८ कम्पनीको शेयर बढ्नुका साथै १३२ कम्पनीको शेयर घटेको छ । त्यसैगरी १० कम्पनीको शेयर स्थिर छन् ।
नेप्सेका अनुसार आज बोटर्लस नेपाल ९बालाजु० बोर्टलस नेपाल ९तराई० र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, प्रभु महालक्ष्मी इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमाथि आरोपपत्र दायर

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति