काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्ने कामको अगुवाइ आफूहरूले गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीद्वारा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको दोस्रो तथा अन्तिम दिन बन्दसत्रमा प्रशिक्षणमूलक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनःजागरण गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष ओलीले आउँदो निर्वाचनलाई जित्नका लागि पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले तय गरेको दुई कार्यभार (लोकतान्त्रिक व्यवस्थाको रक्षा र स्थानीय निर्वाचनको तयारी) र १५ कामका आधारमा स्थानीय तहस्तरमा योजना बनाउन निर्देशन दिनुभयो । दुई दिने भेलाले समसामयिक प्रस्ताव पारित गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0