नयाँ दिल्ली (भारत)। भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहकाबीच भारतीय सेनाको टुकडीले ‘सम्मान गारत’ अर्पण गरेको छ ।
सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुभएको थियो । समारोहमा भारतीय सेनाको टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको हो ।
सो अवसरमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।
सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गर्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0